असार १६ सल्यान – दार्मा गाउँपालिकामा रहेकाे एक सहकारीका प्रबन्धकले पैसा हिनामिना गरेर फरार रहेकाे बाहिरिए पछि सामाजिक संजाल मार्फत उनी सम्पर्कमा आएका छन।
वलीले सामाजिक संजाल फेसबुक मार्फत आफू भारतमा रहेको खुलाएका छन। एक राष्ट्रिय कम्पनीमा नाम निस्किएको र राजनैतिक शास्त्र अध्ययनका लागि आएकाे र आफ्नाे माेबाइल उनकाे गुरुले राख्दिएपछि सम्पर्कमा आउन नसकेको बताएका छन।
उनी केही समयपछि पुनः सहकारी मै फर्कने समेत बताएका छन। आफु एक्लै नभएर सल्यानबाट जना रहेकाे खुलाउदै वलीले लेखेका छन; `आज केही सामाजिक संजालमा भल्चाैर साना किसान कृषि सहकारि सस्था र मेराे नैतिक्ता सँग जाेडियका बिषय बस्तु रहेछन र म कुनै सहकरि काे पैसा हिनामिना गरेर भागेकाे हाैइना म आफनाे व्यक्तिगत कामले बनारस गयकाे छु मेराे अन्तराष्ट्रिय कम्पनी नाम निस्केको र म राज्नैतिक शास्त्र अध्यान का लागि मेराे अादर्णिय गुरु हरूले माैबाइल राखिदियकाे हुनाले मैले घर तथा साथि सँग सम्पर्क अाउना सकिना म केहिदिन पछि अाफ्नाे सस्थामा फर्कने छु र म मात्र हाेइना हामी सल्यान बाट 11 जना सहभागी भयकाछाै।´
दार्मा गाउँपालिका वडा न. -४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त वलीले सहकारीको ३५ लाख रुपियाँ हिनामिना गरेको भन्दै २०७९ जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा स्विकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेको भोलिपल्ट अर्थात जेठ २७ गतेबाट देखि नै सम्पर्क बिहिन भएको सहकारीले जनाएको छ।
जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदैछु भनेका वलीले फोन स्विच अफ गरेर सम्पर्क बिहिन भएको सहकारी संचालक समितिले बताएको छ।
१ हप्तासम्म सहकारी र परिवारले खोजी गर्दा पनि कुनै सम्पर्क नभएपछि सहकारीले इलाका प्रहरी कार्यालय दार्मा -३ फारुलामा वलीलाई खोजी गरिदिन निवेदन दिएको र अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नआएकोले २०७९ असार १४ गते बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका,वडा कार्यालय ,साना किसान बैंक वलीकाे परिवारको समेत उपस्थितिमा कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।
निर्णयहरु:
१) वलीलाई १ हप्ताभित्र सहकारीको सम्पर्कमा आएर हरहिसाब बरबुझारथ गर्न अन्तिम म्याद दिने।
२) उनले गरेको आर्थिक लगायतको अनियमितताको वास्तविक छानबिन गर्न दार्मा गाउँपालिका र साना किसान बैकलाई पत्राचार गर्ने
३) ७ दिनभित्र सम्पर्कमा नआएमा निजको चल अचल सम्पत्ति सहकारीको नाममा रोक्का गर्ने
४) ७ दिनभित्र सम्पर्कमा नआएमा राष्ट्रिय स्तरको पत्रिकामा फोटोसहितको सुचना जारी गर्ने
५) निजलाई हदैसम्मको कार्वाही माग गर्दै मुद्दा प्रक्रिया अघि बढाउने ।।
वलीले सामाजिक संजाल मार्फत दिएकाे स्पष्टीकरण जस्ताकाे तस्तै साभार
अाज केही सामाजि सन्जाल भल्चाैर साना किसान कृषि सहकारि सस्था र मेराे नैतिक्ता सँग जाेडियका बिषय बस्तु रहेछन र म कुनै सहकरि काे पैषा हिनामिना गरेर भागे काे हाैइना म अाफनाे ब्यतिगत कामले बनारस गयकाे छु मेराे अन्त राष्ट्रिय कम्पनी नाम निस्केको र म राज्नैतिक शास्त्र अध्यान का लागि मेराे अादर्णिय गुरु हरूले माैबाइल राखिदियकाे हुनाले मैले घर तथा साथि सँग सम्पर्क अाउना सकिना म केहिदिन पछि अाफ्नाे सस्थामा फर्कने छु र म मात्र हाेइना हामी सल्यान बाट 11 जना सहभागी भयकाछाै जुन सस्थाकाे प्रबन्धकले अाफ्नाे हिसाब बुझाउनु पर्ने हिसाब बुझाउना बाँकि रहदा रहदै र मैले साे सस्थाकाे लागि सबै कुरा तयागेर जुन सस्था निर्मान गरेकाे हाे जस्ले बच्चा जन्माउछ उस्लाइ बढि माया हुन्छ हाेला म केही १0 ,11 दिन फाेन नलाग्दैमा सस्था सन्चाल गर्नु काे साटाे पुलिसलाइ खाेजिदिना पर्याे र प्रबन्धक खाेजिदिनु पर्याे भनी पाेष्ट गर्नु उपयुक्त हाेलार जुन सस्था निर्मान गर्दा मैले कुन अबस्था बाट कसरी सस्था निर्मान गरेकाे थिय अाज अायर बिना पाेक नभयका चला नबन्ना र धमिलाे पानिमा माछा नमार्ना अनुराेध गर्द छु कुनै दिना अाफ्नाे जिनलाइ मृतुकाे दाउमा राखेर बनायकाे सहकारि हाे हिजाेका दार्मामा खाेलेका कुल 43 वटा सहकरि काे बारेमा बाेल्ना सकेनाे नकलि पत्रकार अाज जुन ब्यतिले ले जुन गाँउमा समुहकाे महत्त्व र उदेस्य बुझायर हिड्याे अाज सहि सत्य कामकाे समान हुदाे रहेन्छ कम्तिमा केहिदिन पर्खना नसकेर अब फसिन्छकि के हाे भनेडर भय मकिना अाठ वर्ष सम्म डराइना साथिहरूमलाइ मृतु र बास्तबिता सँग डर छैना के प्रबन्धक सँग मात्र हिसाब हुन्छ नगत काे सँग छ हिसाब पाेस्टिङ कस्ले गर्छ नगत चलाउना अध्यक्ष ले र साधारण सभाले कस्लाइ दिन्छ र दियकाे प्रबन्धक किना बिना जानकारि बाहिर गयाे कारण थियाे त्याै सबै हुन्छ म अाउदै छु केहिदिनमा अाउछ मैले याे सामाजिक सन्जाल मार्फत र फाेन मार्फत जानकारि गराइ सके काेछु र केही दिनमै सहकारिका सेयर सदस्य र सबैलाइ बसायर हिसाब सार्बजानि हुन्छ।