असार १२ काठमाडौ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर घटाइएको छ ।

पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि विभागले पनि सवारीसाधनकाे भाडा समायोजन गरेकाे आइतबार प्रेसमा विज्ञप्ति सार्वजनिक गर्दै नयाँ भाडादर शनिबार राति देखि नै लागू गरिएको विभागले जनाएको छ।

अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गरेकाे विभागले
यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा कायम गरिएको बताएकाे छ। विभागले सार्वजनिक यातायातकाे भाडादर समायोजन गर्दा आधार मानिएको बजार मुल्य ५ प्रतिशत वा त्याे भन्दा घटबढ भएपछि भाडा समायोजन गर्ने गर्दछ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार