असार ११ काठमाडौ – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य तत्काल सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको बताए।
पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले घटाएर १७९ मादझारेकाे र डिजेल मट्टीतेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँले घटाएर १६३ रुपैयाँमा झारेकाे हाे।