असार ५ दाङ – केहिदिन यता दाङमा अघाेषित लाेडसेडिङ थालेपछि जिल्लामा विद्युत प्राधिकरण विरुद्ध विभिन्न दबाव मुलक गतिविधि भइरहेका छन।
विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीय युवाले आइतबार तालाबन्दी गरेका छन् । यसअघि सामान्य साेधपुछ देखि समस्या समाधान गर्न माग समेत गरेपनि सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको स्थानीय युवाहरुले बताएका छन।
साेहि विषयमा प्राधिकरणकाे ध्यानाकर्षण गर्न भन्दै प्राधिकरण कार्यालय भित्र रहेका उद्योग वाणिज्य संघ तुलसीपुरका पदाधिकारी समेत भित्र थुनिएकाे उद्योग वाणिज्य संघ तुलसीपुरले जनाएको छ।
ध्यानाकर्षण गराउदै भित्र छलफलमै रहेका बेला बाहिर स्थानीय बसन्त गिरीको नेतृत्वमा गएकाे युवाहरुकाे समुहले एक्कासी तालबन्दी गर्दा कार्यालय भित्र वितरण केन्द्रका कार्यालय प्रमुख ज्ञानबहादुर फर्साल सहित कर्मचारी संगै उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे सहितकाे टाेलि पनि थुनिएकाे र पछि युवाहरु संग छलफल गरि बाहिर आउन दिएर पुनः तालाबन्दी कायम राख्न भनेपछि टाेलि बाहिर निक्लिएकाे उद्योग वाणिज्य संघ तुलसीपुरका महासचिव बिनिल केसीले जनसहारा संग बताए।
उद्योग वाणिज्य संघको ध्यानाकर्षण पत्र वितरण केन्द्रका प्रमुख फर्सालले बुझिसकाे संघका महासचिव केसीले बताए। उता युवाहरुले भने माग सम्बाेधन नभए सम्म तालाबन्दी जारी रहने बताएका छन। यस्तै समस्या झेलिरहेकाे भन्दै शुक्रबार उता नेपाली कांग्रेस घाेराही उपमहानगरपालिका नगर समितिले पनि शुक्रबार विद्युत प्राधिकरण दाङ स्थित वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै लालटिन बालेर उपहार दिएकाे थियाे।