जेठ २३ बाँके – एक १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकि छन।

करिब एक वर्ष भन्दा बढी यता फेसबुकमा चिनजान भएका केटा साथिकाे याेजनामा ती किशोरी सामुहिक बलात्कारमा परेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सामुहिक बलात्कारमा संलग्न रहेकाे आराेपमा मुख्य याेजनाकार बैजनाथ -८ का १७ वर्षिय हेमराज थारु सहित सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु निर्देश थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

ती किशोरीलाई शनिबार बेलुका पख आफ्नाे जन्म दिन भएको भन्दै जन्म दिन मनाउन हेमराजले बाेलाएपछि बर्दियाकाे बढैयाताल र मानखोलाको फुलवारीमा घुमफिर पछि रातमा मानखोलाको जंगल ५ जनाले र फेरि त्यहाँबाट आइतबार बिहान बैजनाथस्थित एक टहरामा लगेर २ जनाले बलात्कार गरेकाे प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

त्यसपछि आइतबार अपरान्ह किशोरीलाई घर पुर्‍याउनका लागि जाँदै गर्दा प्रहरीले पक्राउ गरेकाे हाे। प्रहरी उपरीक्षक अधिकारीले भने; `खजुरा प्रहरी चेक पाेष्ट भएर एउटै मोटरसाइकलमा तीन जना सवार जादै रहेछन, किशोरी अर्धचेत अवस्था जस्तो देखेपछि प्रहरीले टाेलिले साेधपुछ गरेपछि उनिहरु माथि संका लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाबारे थाहा पायौं।´

उनिहरुले प्रयाेग गरेकाे भे ३ प ३५२७ नम्बरको माेटरसाइल पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ। बलात्कारका संलग्न बलात्कारमा संलग्न बिक्रान्तले बलात्कार गर्दा आफुले कण्डम प्रयोग गरेको समेत बयान दिएपछि घटनास्थल पुग्दा प्रहरीले प्रयोग गरेको कण्डम समेत फेला पारेकाे प्रहरीले अनुसन्धानमा खटिएको प्रहरी स्राेतले बतायाे। ती किशोरीलाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरिएको स्वास्थ्य परीक्षणमा देखाएकाे र अहि किशोरीकाे अवस्था खतरा मुक्त रहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार