जेठ १६ सल्यान – राप्ती राजमार्ग अन्तर्गत सल्यान खण्डको बागचौर नगरपालिका स्थित रारेचौर देखि बाङ्गेलाखुरीसम्मकाे ६ किलोमिटर सडक सुधारकाे काम भइरहेको छ।
केन्द्रको ३ करोड बजेटमा उक्त सडक खण्ड सडक डिभिजन कार्यालय दाङ मार्फत त्रिरुपाते कन्ट्रक्सनले काम गरिरहेको छ।सम्झौता अनुसार २०७८ चैत देखि काम सुरु गरि आगामी असार मसान्तसम्म सक्नु पर्ने हाे तर स्थानीय तह निर्वाचन र मौसम खराबीले गर्दा काममा ढिलाइ भएको र हालसम्म करिब १५% मात्रै काम भएको त्रिरुपाते कन्ट्रक्सनका संचालक प्रबिन कुमार भण्डारीले बताए।
अहिले काम तिव्र गतिमा चलिरहेको र मौसमले साथ दिए सम्म यसैगरि काम भए असार मसान्तसम्म करिब ६०% काम सम्पन्न हुने देखिएको र बाँकी काम पूरा गर्नका लागि अझै करिब दुई महिनाकाे समय आवश्यक पर्ने र असार देखि भदौसम्म वर्षाको समय भएकाले काम प्रभावित हुनेहुदा भदौपछि सम्म बाकी काम सम्पन्न हुने संचालक भण्डारीले बताए ।