मंसिर १६, सल्यान – बागचौर नगरपालिकाका १२ वटै वडाको फोटो सहितको मतदाता नमावली संकलन भोलि देखि बागचौरको कृषि शाखा सँगै रहेको भवनमा सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानको सुचनाका आधारमा तथा स्थानीय सहयोग, समन्वय साथै प्रचारप्रसार समितिको २०७८ मंसिर १६ गते बसेको बैठकको निर्णानुसार बागचौर नगरपालिका भित्रका १२ वटै वडाका फोटो सहितको मतदाता परिचय पत्र प्राप्त गर्न योग्य सम्पुर्ण वडाबासीहरुलाई नगरपालिकाले त‍ोकेको मिति, समय अनुसार मतदाता नामावली संकलनको लागि सम्बन्धि स्थानमा उपस्थित हुन अनुरोध गरको छ ।
मिति, समय, स्थान, वडा अनुसारको कार्यतालिका निम्न अनुसार रहेको छ : दर्तास्थल व्यवस्थापक एवम् निर्वाचन समितिका सम्पर्क व्यक्ति टेक बहादुर डि.सी. ले जनसहारासँग कुरा गर्दै माथि उल्लेखित वडा अनुसारका व्यक्तिहरु समयमै सोही मितिमा मात्रै उपस्थित हुनु पर्ने बताएका छन । उनले वडा अनुसार नआउने हो भने भिडभाड धेरै हुने र काम गर्न पनि कठिन हुने कुरा जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार