राेल्पामा अटाे दुर्घटना हुदा ७ जना घाइते भएका छन।

रोल्पा नगरपालिकाको वडा नम्बर -६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्।

दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटो ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका–६ निवासी ३९ वर्षीय कविराम घर्ती मगर, साेहि ठाउँका २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार