पुस २४ काठमाडौ – पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ।

राति १२ बजेदेखि लागू हुने गरि आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको विज्ञप्ति मार्फत जनाउदै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ मुल्य घटाएको जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ। तर एलपिजी ग्यासको मूल्य भने यथावत् राखेको निगमले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार