साउन ९ मोरङ – जहदा गाउँपालिका -१ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिईएको छ ।
गएराति करिब १० बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लिदै गरेको अबस्थामा नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेका र नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगरमा पठाइएकाे र फरार चालककाे खाेजिकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।