जेठ १८ चितवन – बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेकाे छ।

पृथ्वीराजमार्ग अन्तर्गत चितवन कुरिनटार नजिक इच्छाकामना गाउँपालिका -४ धारापानीमा अन्दाजी ३०/३२ वर्षिय पुरूषकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राजमार्ग छेउमा बुधबार बिहानपख माेर्निङवाक गर्न गएकाले शव देखेपछि प्रहरीलाई जानकारी आएकाे र मृतककाे पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

रातिमा गाडीले ठक्कर दिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ अहिले शवलाई भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने गाडीको खाेजिकार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार