असाेज १८ काठमाडौ – हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा संगीतकार अमीत बाबू रोकायकोे दशैं गीत ‘नरुनु आमा’ बुर्तिबाङ म्युजिक यूटुव च्यानल मार्फत सार्वजनिक भएको छ । लोकप्रिय गायक लोकेन्द्र सिर्पाली र कमला पोख्रेल को स्वर, बिनोद बाजुराली को एरेन्ज रहेको उक्त गीतमा शब्द जीवन छन्याल र लय भने संगीतकार अमित बाबू रोकायको रहेको छ ।

निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी–गरिबको पीडा र वेदनालाई अहिले कोरोना भाइरस को महामारी मा प्रदेश बाट घर आउन नपाउदाको पीडा जस्ताको तस्तै उतारिएको छ । महेश महराको छायाँकन तथा निर्देशन, धुर्ब हिमाली ,सम्पादन मनोज कार्की को रहेको छ भने धुर्ब हिमाली, पुनम अधिकारी, रमा थपलिया ,खेम घर्ती, मनि कुमार राई को समेत जोडदार अभिनय हेर्न सकिन्छ ।

(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)

 

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार