असाेज १७ काठमाडौ – लोक दोहोरी गीत भित्र मौलीकता लुकेको हुन्छ। अन्य संगीत भन्दा लोक संगीतको बजार हाम्रो देशमा अली धेरै गाउँ शहर कुनाकन्धरामा गुन्जाउने लोक दोहोरी गीतले वास्तविकता बोकेको हुन्छ।
बजारमा दिनहुँ नयाँ तथा पुराणा कलाकारहरुका गीतहरु दिनहुँ सार्वजनिक हुने गर्दछन। तर सबैले राम्रो चर्चा कमाउछन भन्ने भने होईन,कतिपय गीतहरु त परिवार संगै बसेर हेर्ने र सुन्ने खालका पनी हुदैन्न। सस्तो लोकप्रियता कमाउन केही कलाकारहरुले सिमा नाघेपनी केही कलाकारहरु भने लोक संगीतलाई जोगाउन निरन्तर लागीरहेका छन।
यस्तै एउटा पछिल्लो समयका युवा जोडीको प्रेम कथामा आधारित एउटा लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ। 3M group युुुुटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतकाे नाम “माया बसेसी” दिएकाे छ। उक्त गीतमा स्वर प्रदिप त्रिपाठी र शान्ती श्री परियारको रहेको छ भने गीतको शब्द सिर्जना टिका सानू ले गरेकि छन। लय सिर्जना प्रदिप त्रिपाठीकै रहेको छ।
गीतको म्युजीक भिडीयोमा पछिल्लो समयका चर्चित पत्रकार सन्तोष देउजा र सुनिता भण्डारी को उत्कृष्ट अभिनय रहेको छ। भिडीयो निर्देशन निरेन श्रेष्ठ ले गरेका हुन भने छायांकन बासु बराल र सम्पादन नवीन सुनुवारले गरेका हुन।
भिडियाे हेर्नुुुुुुहाेस: