चैत ११ काठमाडौ – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै हातहतियार बुझाउन आग्रह गरिएकाे छ।

स्थानीय तह निर्वाचनलाई भरपर्दाे, शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न सुरक्षा अवस्थालाई समेत मध्यनजर गरि गृह मन्त्रालयकाे निर्देशनमा हातहतियार खरखजना ऐन २०१९ काे दफा ८ बमोजिम देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुले सुचना सार्वजनिक गरि निर्वाचन समय अवधि भित्र प्रशासनलाई बुझाउन र निर्वाचन पछि पुन: फिर्ता लिने गरि चैत मसान्तसम्म बुझाउन उल्लेख गरिएको छ।

इजाजत प्राप्त गरेका जुनसुकै हातहतियारहरु नजिककाे अस्थायी प्रहरी चौकि, प्रहरी चौकि, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार