फागुन १७, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २ को खरिबोट बजार भन्दा केही पर रहेको त्रिवेणी शिवजीको मन्दिरमा शिवरात्रीको अवसरमा भब्य मेला लागेको छ ।
यो मन्दिर स्थापना कसरी भयो भन्ने प्रश्नमा यसका संस्थापक बागचौर नगरपालिका वडा नं. २ लस्तमका जिबलाल डाँगीले २०३५ सालमा आफ्नो नेतृत्वमा मन्दिरको स्थापना गरेको जनसहारा अनलाइनलाई बताएका छन । उनले भने हाल मन्दिर बनेको स्थान भन्दा अलिकती तल धेरै वर्ष पहिले मेरो बाजे नन्नराम डाँगीले जात्रा लगाउने गर्नु हुन्थ्यो उहाँको श्रीमतीको मृत्यु पछि जात्रा लाग्न छोड्यो । त्यसपछि म उहाँको नाति जिबलाल डाँगीले केही वर्षसम्म सोही ठाउँमा जात्रा लगाउन थाले र पछि सबैलाई आग्रह गरेर यो ठाउँमा त्रिवेणी शिवजीको मन्दिर स्थापना गर्यौ ।
वि.सं. १९९९ जेष्ठ २१ गते लस्तमा जन्मिएका डाँगीले यो स्थानको निकै महत्त्व रहेको बताएका छन । उनले मान्छे मरेर गएपनि बनेका संरचनाहरु युगौयुगसम्म रहने भएकाले यसको संरक्षणमा जोड दिन सबैलाई आग्रह गरेका छन । जनसहारा अनलाइनसँगको कुराकानीमा डाँगीले भने अहिलेसम्म कसैसँग यो मन्दिरको लागि सहयोग मागेका छैन तर अब यो ठाउँमा शिवजीका मुर्तिहरु राख्न, मन्दिर आसपासमा फराकिलो बनाउन नगरपालिकासँग सहयोग माग्ने बताउँदै अन्य सहयोगी दाताहरुलाई पनि अनुरोध गरेका छन ।

त्रिवेणी शिवजको मन्दिरमा विवाह, व्रतबन्ध पनि हुने गर्छन भने यो मन्दिरमा करिब १० वर्ष पहिले देखि शिवरात्री मेला लाग्दै आएको छ ।
हेर्नुहोस आज लागेको शिवरात्री विशेष मेलाका फोटाहरु :-

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार