फागुन १, सल्यान – महान जनयुद्धको २७ औं वार्षिकोत्सबको अवसरमा परापुर्वक कालदेखि लाग्दै आएको सल्यानले प्लाटुनचौर मेला विगतका वर्षहरुमा कोरोनाका कारण लाग्न नसकेता पनि यो वर्ष भने मेला लागेको छ ।
नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी सदस्य एवम् प्लाटुचौर मेला व्यवस्थापन समिति अध्यक्ष धनेद्र बिमल वली लगायतका नेताहरुद्वारा उक्त मेलामा रहेका सहिदहरुको मुर्तिमा अविरआवरण तथा माल्यार्यपण गरेर २७ औं जनयुद्ध दिवस मनाएका थिए ।
विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्थ्यो जसले मान्छेहरुको भिडभाड पनि धेरै हुने गर्थ्यो । यो वर्ष भने मानिसहरुमा कोरोनाको त्रास रहेकोले मेला व्यवस्थापन समितिले पनि त्यस्तो कुनै पनि किसिमको कार्यक्रमहरु नगर्ने र सहिदहरुको सम्झनामा लाग्ने मेलालाई एकैचोटी बन्द गर्न भन्दा पनि ईच्छुकहरु आएर जानू हुन्छ भन्ने हेतुले मेला लगाएकोले मान्छेहरुको कम उपस्थिति रहेको मेला व्यवस्थापन समिति अध्यक्ष वलीले जानकारी दिएका छन ।
रोल्पा र सल्यानको भु-भाग जोडिएको यो क्षेत्र माओवादी जनयुद्धको प्रभावित क्षेत्र हो । जनयुद्धका सहिद तथा बेपत्ता परिवारको सम्झनामा १९ वर्ष अघि शहिद स्मृती समाज गठन गरिएको वलीले बताएका छन ।
प्लाटुन चौरमा जनयुद्धका ६ जना सहिदको शालिक निर्माण गरिएको छ । जसमा बागचौर नगरपालिका ९ का गणेश शर्मा, ओम प्र. चन्द, प्रेम बहादुर ओली, निर्मला चन्द, सुरेन्द्र ओली र रोल्पा गंगादेव गाउँपालिका ३ का दुर्गा ओलीको शालिक निर्माण गरिएको छ । हेर्नहोस तस्बिरहरू :

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार