माघ २ जाजरकोट – दुर्लभ वन्यजन्तु कस्तुरीकाे बिना सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका-१० ध्यारगाउँ बस्ने ४५ वर्षीय डिल्ली बहादुर ध्यार रहेका छन। ध्यारलाई नलगाड नगरपालिका-११ चौखा बजारबाट १ थान कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पक्राउ परेका ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त पक्राउ गरि थप अनुसन्धानकाे लागि वन डिभिजन कार्यालय जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक  मधु कुमार थापाले बताए।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार