पुस ३० दाङ – लेनदेन मुद्दामा फरार एक व्यक्तिलाई ठ्याक्कै एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ निवासी २८ वर्षीय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गुप्तालाई दाङ जिल्ला अदालत देउखुरीबाट २०७७/९/२९ गते लेनदेन मुद्दामा २ वर्ष कैद फैसला तोकेकाे थियाे। त्यस यता फरार भएका गुप्तालाई खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो साढे ३ बजेतिर घोराही-१५ तुलसीपुर चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि शुक्रबार दाङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।