पुस ३० काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर बितेकाे २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ४२०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार