पुस २६ सल्यान – लाेक दाेहाेरी गीत ” जिन्दगी प्लस माइनस” सार्वजनिक भएकाे छ।

नितान्त गाउँबस्तीकाे यथार्थ चित्रण र त्यहि परिवेशमा आधारित रहेकाे “जिन्दगी प्लस माइनस” मा शब्द गणेश डाँगी गगन र रमेश डाँगीकाे रहेको छ भने लय रमेश डाँगीले गरेका छन। पुरुष आवाज रमेश डाँगी र महिला आवाज राधा डाँगीले दिएका छन। त्यस्तै थेगो गणेश डाँगी गगनकाे रहेकाे छ। उक्त भिडियो Ramesh Dangi युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ।

पञ्चायती व्यवस्थाकाे यथार्थ झल्को दिने उक्त गीतले अनेक व्यवस्था फेरिए पनि अवस्था उस्तै यथावत रहि अहिले पनि ग्रामीण क्षेत्रका कतिपय यथार्थ परिवेशलाई स्पष्टसंग नियाल्न खाेजिएकाे छ।

रुकुम तथा बाग्लुङकाे पहाडी क्षेत्रमा छायांकन गरिएकाे उक्त भिडियोमा अभिनय हिकमत रावत, अन्जली चन्द ठकुरी दूर्पेश डाँगी प्रान्सु श्रेष्ठ, खडक बहादुर कुवर,संगम के सी रमेश अधिकारी, शंकर कुमार रावल , केशवराज सन्यासी, खम्बु बाेहरा, लगायतले गरेका छन।

भिडियो हेर्नुस्

 

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार