पुस २३ सल्यान – नेपाली लाेक दाेहाेरी गीत `माया साटिन्छ´ सार्वजनिक भएको छ।
पुर्ण केसीको याे लोक दोहोरी गीतमा शब्द गणेश डाँगी `गगन´र पुर्ण केसीकाे रहेकाे छ भने लय गणेश डाँगी `गगन´ कै रहेकाे छ। उक्त गीतमा पुरुष स्वरमा डिल्लीराज ओली र महिला स्वरमा पुर्णकला बिसीले आवाज दिएका छन।
तुलसीपुर डान्स स्कुलको प्रस्तुतिमा रहेकाे गीतकाे भिडियो G.G. Media युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ। यस गीतको भिडियोमा अर्जुन राेका मगर , गणेश गगन, सोनी याेगी , भगवती महरा लगायतकाे अभिनय रहेको छ।
हेर्नुस् भिडियो सहित