पुस १७ राेल्पा – युद्धको उदगम थलाे राेल्पाकाे जेलबाङमा छायांकन भएकाे आग्रे ” द आइरन डिगर” नेपाली डकुमेन्ट्री चलचित्रकाे पहिलो पोस्टर आज सार्वजनिक भएको छ।

जेलबाङ सेवा समाजको आर्थिक लगानीमा पुर्वी रोल्पाको सुनछ्हरी गाउँपालिका ७ नम्बर वडा जेलबाङको फलामखानी माथिको कथावस्तुमा आधारित उक्त चलचित्रको पहिलो पोस्टर अङ्ग्रेजी नयाँ वर्ष 2022 को उपलक्ष्यमा सार्वजनिक गरिएको हो।

जेलबाङका पुर्खाहरुले जीविकोपार्जनको लागि घरेलु प्रविधिबाट फलाम प्रशोधन गरेर वस्तुविनियमको माध्यमबाट जिविका चलाउदै गरेको कथावस्तुमा आधारित चलचित्र कथा युवा प्रतिभासाली कवि बिष्णु पुन सन्यासको रहेको छ भने डाइरेक्सन आदिवासी चलचित्र “लोम्बा” मार्फत अन्तर्राष्ट्रिय नेपाली फिल्म फेस्टिबल अमेरिकाबाट ३ उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भएका अनिल बुढामगरको रहेको छ।

करिब १ घण्टाको उक्त चलचित्र आज 2022 देखि अन्तर्राष्ट्रिय फिल्म फेस्तिबलहरुको लागि आफ्नो यात्रा तय गरेको छ भने नेपालमा यो फिल्म हेर्नको लागि अझै एक वर्ष कुर्नुपर्ने छ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार