पुस १५ काठमाडौ – अति दूर्लभ वन्यजन्तु रेडपाण्डाकाे छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा जिल्ला धादिङ गंगाजमुना गाउँपालिका ७ घर भई हाल काठमाण्डौको गाेगंबु बस्ने ३९ वर्षिय निर बहादुर घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौ कलंकी बस्ने २५ वर्षिय सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ टोखा बस्ने ३१ वर्षिय कृष्ण बहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने २९ वर्षिय मोहनकर्ण कार्की रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

काठमाण्डौको बसुन्धारा एरियामा केहि व्यक्तिहरुले अवैध रुपमा अति दूर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष टोलीले निगरानी राखी खोजतलास गर्ने क्रममा मङगलबार दिउँसो काठमाण्डौको बसुन्धरा स्थित द मयुर क्याफेबाट उनिहरुलाई रेडपाण्डाकाे सिंगो शरीर सहितको चार थान छालाकाे ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ परेका हुन।

उनीहरु उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार