पुस १४ माेरङ – बैंककिङ कसुर मुद्दाका चारजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
सप्तकोसी डेभलपमेन्ट बैंकमा १५,७५,४०,५७५ रकम हिनामिना गरेकाे आरोपमा साेहि बैंकका कर्मचारीहरु नै पक्राउ परेका हुन। पक्राउ पर्नेमा साेहि बैंकका सीईओ विराटनगर महानगरपालिका ६ बस्ने ४७ वर्षिय नविन सुवेदी, विराटनगर महानगरपालिका १ घर भई बैंकको अप्रेसनल प्रमुखमा कार्यरत ३६ वर्षीय अमित थापा मगर, वित्तीय प्रमुख विराटनगर महानगरपालिका १ बस्ने ४८ वर्षीय देवीप्रसाद भण्डारी, साेहि ठाउँका बैंकमा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुखमा कार्यरत २९ वर्षिय हिमाल भट्टराई पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
सीईओ सुवेदीको नै उजुरीका आधारमा मोरङ प्रहरीले विराटनगर १ घर भई बैंकमा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख २९ वर्षीया हिमाल भट्टराईलाई मंसिर १९ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दै आएको छ । विराटनगर महानगरपालिका ७ स्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ।
उक्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको बैंकमा मुनाफा रकमलाई रेमिट्यान्सबाट आएको भन्दै सीईओ सुवदीले हिनामिना गरेको बेनामी उजुरी नेपाल राष्ट्र बैंकमा परेपछि राष्ट्र बैंकले रकम हिनामिना सम्बन्धमा पत्राचार हिनामिना भएको सार्वजनिक भएपछि पक्राउ गरि अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।