पुस १४ मकवानपुर – ठुलाे परिणाममा लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १ पालुङ बसपार्कमा साेमबार राति ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्ने क्रममा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको फेला परेपछि अटाे सहित प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षिय अमर बहादुर गिरि, साेहि ठाउका २६ वर्षिय ईन्द्र बहादुर मोक्तान र अटाे चालक कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौडा उपमहानगरपालिका वडा नं. ७ कमाने बस्ने ३४ वर्षिय सिताराम मोक्तान रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताए।

मकवानपुरमा अत्यधिक रुपमा लागुऔषध ओसारपसार बढिरहेको हुदा प्रहरीले पनि नियन्त्रणमा सक्रियता बढाएकाे छ। लुकिछिमि लागुऔषकाे खेति गरेकाे नष्ट गर्ने देखि दिनैपिच्छ लागुऔषध ओसारपसारमा संलग्न पक्राउ परिरहेको प्रहरी उपरीक्षक गुरुङले बताए।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार