पुस १२ मकवानपुर – जुवा (कौडा) खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं. ९ हर्कपुर बस्ने ३६ वर्षिय दावा लामा बम्जन, साेहि गाउँपालिका ४ ठुलोथली बस्ने ४० वर्षिय दिपलाल थोकर, साेहि ठाउँका ४९ वर्षिय सुन्दर घिसिङ, ५५ वर्षिय राम बहादुर थिङ, साेहि गाउँपालिका ५ पाङ्रेखोला मगरटोल बस्ने ३२ वर्षिय शुसिल लामा, ३८ वर्षिय कमल थिङ, साेहि गाउँपालिका ११ गमलटार बस्ने ४५ वर्षिय बिजय वाईब र साेहि ठाउँ बस्ने २६ वर्षिय आकाश न्यासुर रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।
आइतबार दिउसाे करिब २ बजेको समयमा उक्त ठाउँमा खुल्ला चौरमा कौडा खेलीरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खटिएको विशेष टोली र मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलिले नगद रुपैया सहित कौडा खेलिरहेको अबस्थामा कौडा १६ थान, नगद रु.६७६३५।- (सत्सठ्ठी हजार छ सय पैतिस) सहित पक्राउ गरेकाे हाे।
पक्राउ परेका माथि साेमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आबश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताए।