पुस ७ कास्की – बालबालिका विरुद्धको कसुर अभियाेगमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका. वडा नं.२ स्थायी वतन भई हाल कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने २७ वर्षिया जानुका नेपाली रहेकि छन।
पोखरा महानगरपालिका वडा नं.१५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमा छात्रावासमा बसी पढने ६ वर्षीय बालकलाई छात्रावासकाे वार्डेनकाे रुपमा काम गर्दै आएकि नेपालीले बालकलाई यातना दिएकाे भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको बताएको छ।
बालकले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर वार्डेन नेपालीले बालकको लिङग रबरले बाँधेर यातना दिएको खबर प्रहरीलाई आएपछि प्रहरीले पक्राउ गरेकाे हाे।
बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात् जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरी उपरीक्षक रमेश थापाले बताए।