पुस ५ काठमाडौ – संरक्षित वन्यजन्तु गैंडाको खाग सहित प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा काभ्रे बेदान गाउँपालिका–४ का ४१ वर्षीय वीरमान तमाङ, पाँचखाल नगरपालिका–६ का ४२ वर्षीय बेदबहादुर दनुवार, सिन्धुली घर भई बौद्ध बस्ने ४१ वर्षीय भिमबहादुर थिङ, पाँचखालकै २० वर्षीय नवराज गिरी, काभ्रे खानिखोला –५ का ३२ वर्षीय भिम तमाङ र पाँचखाल –३ का ३१ वर्षीय सोहन कार्की रहेका छन्। काठमाडौंको बौद्धमा अवैध काराेबार भइरहेको भन्ने विशेष सुचनाकाे आधारमा खटिएको महानगरीय अपराध महाशाखाकाे टाेलीले गैंडाको १ किलो १० ग्राम तौल भएको खागसहित उनीहरूलाई पक्राउ गरेको महाशाखाले जनाएकाे छ।
उनिहरु माथि थप अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले बताएको छ।