पुस ४ बाँके – लागू औषध ब्राउन सुगर सहित प्रहरीले तिनजनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका ८ बस्ने २५ वर्षिय आदित्य कुमार लखेर, साेहि ठाउँका ३० वर्षिय रोहित कुमार श्रीवास्तब र भारत बहाराईच जिल्ला गंगापुरका २२ वर्षिय तिलक राम कुर्मी रहेका छन।
आइतबार नेपालगंज उपमहानगरपालिका १० गणेशमान चोक स्थित नेपालगंज कोहलपुर सडक खण्डमा ब्राउन सुगरको कारबारो भई रहेको छ भन्ने गोप्य सुचना आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकीले बताएको छ।