पुस २ काठमाडौ – करोडौमा कारोबार गर्ने भनी ल्याइएको लाेपाेन्मुख वन्यजन्तु जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका. वडा नं. ०६ लिफ्टुङ घरभई काठमाडौ महानगरपालिका वडा न ३२ मरुछासपाखा बस्ने २६ वर्षिय उद्धव थामी रहेका छन। उनी बस्ने ठाउँमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ जिउँदो सालक अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा बिहीबार थामीको बस्ने कोठाबाट ३ के.जि. तौल भएको खैरो रङको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित पक्राउ गरेकाे महानगरीय अपराध महाशाखाले बताएको छ।

उक्त सालक एक करोड दश लाखमा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएको अनुसन्धानबाट खुलेकाे छ। पक्राउ परेका धामीलाई आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको महाशाखाले बताएको छ।

सालक मध्य पहाडी क्षेत्रको ओसिलो भेगमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। सालकका विभिन्न आठ प्रजातिका भएपनि नेपालमा भने दुई प्रजातिकाे सालक पाइन्छ। नेपालमा सालक लाेपाेन्मुख वन्यजन्तुको सुचीमा छ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार