मंसिर २६ काठमाडौ – पछिल्लो समय युटुबरकाे आतंक नै बढन थालेकाे छ। आफुले संचालन गरेकाे युटुबमा अश्लील शिर्षक राखेर भिडियो सामाग्री प्रस्तुत गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा TENSON BRO नामक युटुब च्यानलका संचालक कालिकोट पचाल झरना गाउँपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल बुढानिलकण्ठ नगरपालिका ४ बस्ने २१ वर्षिय भरत बहादुर तिरुवा रहेकाे प्रहरी प्रधान कार्यालय साइबर ब्युराेले बताएको छ।
विद्युतिय काराेबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई शुक्रबार पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको साइबर ब्युराेका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए