मंसिर २३ बर्दिया – राष्ट्रिय निकुञ्ज भित्र सिकार गर्न गएका ४ जनालाई प्रहरीले प्रकाउ गरेकाे छ।

पक्राउ पर्नेहरूमा बर्दिया भेरीगंगा नगरपालिका-५, हात्तीखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन। उनीहरूको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली,  सय ग्राम छर्रा, तीन सय ग्राम बारुद, चारवटा हँसिया,  साइकलको ३७ थान छर्रा, एउटा रेती र पाँचवटा सलाई बरामद गरेकाे छ।

यसअघि पटकपटक निकुञ्ज भित्र केही संकास्पथ गतिविधि देखिए पछि सेना र कर्मचारीकाे टाेलीले उक्त क्षेत्रमा निगरानी बढाएकाे थियाे। साेहिक्रमा उनिहरुलाई मङगलबार उनीहरु पक्राउ परेका हुन।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले प्रकाउ गरेको हो।  पक्राउ परेका माथि आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको सुरक्षार्थ खटिएको सेनाले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार