मंसिर २२, सल्यान – सल्यानको बागचौर, थारमारे स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट थारमारेमा कार्यरत ट्राफिक प्रहरी हवल्दार बिरेन्द्र कडायत कार्य अबधी पुरा भैइ बिदाई भएर काज सरुवामा जिल्ला ट्राफिक कार्यालय जुम्ला गएका छन ।
थारमारेमा बस्दासम्मको क्षणमा उनले ट्राफिक क्षेत्रका निकै उत्कृष्ट काम गर्न सफल भएका थिए । सल्यान जिल्लामै पहिलो थारमारे बजारमा बागचौर नगरपालिकाको आर्थिक सहयोगमा ट्राफिक आईलनको निर्माण, त्यस्तै ट्राफिक सिग्नलहरुको व्यवस्थापन, सडकबाटोका साँघुरा घुम्तिहरुको कटिङ, स्थानीय थारमारे, बागचौर, खरिबोट बजारहरुमा प्रत्येक दिन सरसफाईको अभियान लगायतका थुप्रै नयाँ कामको सुरुवात गरेर सबैको मनमुटुमा बस्न सफल भएका थिए ।
यस्तै कठायतको बिदाईसँगै उनको ठाउँमा जिल्ला ट्राफिक कार्यालय डोल्पाबाट सरुवा भई आएका ट्राफिक प्रहरी हवल्दार दिल बहादुर साहुको स्वागत समेत गरिएको छ ।
बिदाई तथा स्वागत समारोहमा बागचौर नगरपालिका नगर-प्रमुख लोकमान बुढाथोकी, बजार व्यावसायी लगायत स्थानीय ब्यक्तीहरुले उपस्थिति रहेको थियो ।