मंसिर १२ मकवानपुर – खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना र मादक पदार्थ सेवन गरि सवारी चलाउने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ।

शनिबार करिब ६:४५ बजेको विशेष सुचनाकाे आधारमा हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्टमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलिले सिमराबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००२ प १९०२ नम्बरको Avenger मोटरसाईकललाई रोकि चेकजाँच गर्दा उक्त मोटरसाइकल चालक चितवन राप्ती नगरपालिका ७ बिरेन्द्रनगर बस्ने ४२ वर्षिय तेज बहादुर गुरुङ र माेटरसाइकल पछाडि सवार चितवन राप्ती नगरपालिका ४ खुरखुरे बस्ने २९ वर्षिय अनमोल लामा हिराेइन जस्तो देखिने लागू औषत ८ ग्राम सहित पक्राउ परेका हुन।

त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना चालक पनि पक्राउ परेका छन। शनिबार दिउसाे करिब २:४५ बजेको समयमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १० स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलिले बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नं. को ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकका चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ बस्ने ३८ वर्षिया कुमार भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक सवारी चलाएको भन्दै ट्रकसहित नियन्त्रणमा लिइ कारबाहीको लागि प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार