‍‍
मंसिर ११ कास्की – विदेशी मुद्रा अमेरिकी डलर सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मुस्ताङ लो-घेकर दामोदर कुण्ड गाउँपालिका वडा नं -१ स्थायी घर भई हाल कास्की पोखर महानगरपालिका वडा नं. ९ शिवालय चोक बस्ने ४२ वर्षिय छिरिङ डुन्डु गुरुङ रहेका छन।

जिल्ला प्रहरी कार्यालय कास्कीलाई विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार दिउसो करिब १:४५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.३२ स्थित काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङ पक्राउ परेका हुन।

गुरुङकाे साथबाट विदेशी मुद्रा अमेरिकी डलर १,९४,२०० सहित दुई थान माेबाइल, पावरब्यान्क, बैङक चेक दुई थान बरामद गरेकाे र पक्राउ परेका गुरुङ माथि थप अनुसन्धान प्रकृया बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार