१•
नेपाल हाम्रो सुन्दर, सगरमाथाले
खुकुरी हातमा,आयौं है नेपाली, हिमाल उचाली
बढ्दछौं सदा अगाडि गौरव गाथाले
२•
महादेवको कैलास, अलिक पर हो
पार्वती खेलेको, महादेव भन्दै, लुकामारी गर्दै
भृकुटी अनि सीताको माइतीघर हो
३•
बुद्धले जन्म लिएको पबित्र माटो हो
सुन्दर नेपाल,ऑखाबाट पस्छ, हृदयमा बस्छ
महादेब भोले बाबा हिंडेको बाटो हो
४•
मुनाल अनि कस्तुरी, डुलेका कस्तरी
इन्द्रेणी खुलेको,हिमाली पाखामा,सबैको ऑखामा
मख्मली लालीगुराॅस,फुलेका कस्तरी
५•
गण्डकी कोशी कर्णाली, बगेका सलल
स्वर्ग झैं लाग्दछ, मजुरले नाॅच्दा,,सब मिली हाॅस्दा
धानका बाला बयली, खेलेका सलल
श्रष्टा सृजना चोक पोखराका हुन।