मंसिर ९ काठमाडौ – बालिकालाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा कंचनपुर, भिमदत्त नगरपालिका -०७ घर भई हाल ललितपुर बस्ने ३६ वर्षिय गोबिन्द सिंह बिष्ट रहेका छन। बिष्टले गत कात्तिक २८ गते काठमाडौ महानगरपालिका -३२ कोटेश्वर स्थित एक गेष्ट हाउसमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे अभियाेगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले बताएको छ।

गत कात्तिक २८ गते दिउसो करिब २:३० बजेको समयमा ललितपुर लगनखेल बसपार्कमा १४ वर्षिय बालिकासँग भेट भई ललाई फकाई बालिकालाई कोटेश्वर ल्याई कोटेश्वर चोक स्थित एक हाेटलमा बालिकालाई खाजा खुवाई लगाउने कपडा समेत किनेर त्यहि काेठा बुकिङ्ग गरी बालिकालाई उक्त कोठामा राखी रातमा करणी गरेको पक्राउ परेका बिष्ट माथि अनुसन्धान गर्दा खुलेकाे प्रहरीले बताएको छ।

भाेलिपल्ट २९ गते बिहान करिब ५:४५ बजेकाे समयमा बालिकालाई कोटेश्वरबाट सार्वजानिक बस प्रयोग गरी लगनखेल बसपार्क पुर्‍याई सोही ठाँउबाट बिष्ट फरार रहेकाे भन्ने पीडित परिवारको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले करिब बुधबार दिउँसो करिब २ बजेको समयमा काठमाण्डौ कोटेश्वर चोकबाट पक्राउ गरेकाे हाे।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत बानेश्वरमा पठाइएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार