मंसिर ६ दाङ – बाघको छालासहित दाङबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाघको छाला ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उनीहरूलाई आइतबार साँझ घोराही उपमहानगरपालिका- १६ गरुवा चोकमा शंकास्पद रा ३ प २६६ नम्बरकाे माेटरसाइकल माथि चेकजाँच गर्दा बाघकाे छाला सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका-६ का माेटरसाइकल चालक ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का रहेका छन। बाघकाे टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइको बाघको छाला बरामद भएको थियो।
बाघकाे छाला सहित सिल्भर रङ्गको रेडमी नोट१, सादा मोबाईल थान १, NIKE लेखेको कालो झाेला १ र रा ३ प २६६ नम्बरको ईन्जिन BGA1-118901 नम्बर भएको माेटरसाइकल बरामद गरेकाे छ।