मंसिर १ राेल्पा –  नेपाली लाेक गीत म्युजिक भिडियो ‘खरिबारी’ सार्वजानिक भएको छ ।

छाेट्टी बस्न जामकाे अपार सफलपछि फेरि कमल राज वलीको शब्द संगीत रहेको खरबारी नाम दिएर वलीले आफ्नै युटुब च्यानल Kamal Raj Oli बाट सार्वजनिक गरेका छन।

गीतमा पुरुष स्वर वलीकाे छ भने महिला स्वर तुलसी घर्ती र रन्जना मुखियाकाे रहेकाे छ । लाेक दाेहाेरी गायक तथा सर्जक हरि डिसीले निर्देशन गरेकाे उक्त भिडियोमा अभिनय कमल राज वली र भुमिका बिकलाई मुख्य भुमिकामा देख्न सकिन्छ । म्युजिक एरेन्जर तथा अडियो मिक्सिङ-मास्टरिङ गोबिन्द वलीले गरेका छन् भने भिडियो मिक्सिङ केबी गुरुङले गरेका छन ।

मुर्चुङ्गा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्ड भएकाे उक्त गीतकाे भिडियो छायांकन राेल्पा गंगादेव गाउँपालिका २ घरबिर र काेप्ची खाेला आसपासमा गरिएको छ। गीतमा सामान्य गाउँले परिवेशलाई सजिलै मौलिकताकाे रुप दिदै प्रस्तुत गरेकाे पाइन्छ। भिडियोमा केटाकेटी बिच प्रेमकाे भाव देखाउदै परम्परागत पानी घट्ट, खेती किसान, घाँस दाउरा, अर्मापर्पा जस्ता यावत वस्तुस्थिति समावेश गरिएकाे छ।

भिडियो हेर्न तलकाे लिङक खाेल्नु हाेला                                                                    https://youtu.be/9ZNbh_4BqUk

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार