चाॅहिदैन अरु दिदी तिमी आए पुग्छ।
पर्दैन ल्याउन केही माया ल्याए पुग्छ।

तिहारका मखमली फूलहरु जस्तै
यो मनको बॅगैचामा तिमी छाए पुग्छ।

इन्द्रेणीको सातै रंग चाॅहिन्न मलाई
तिहारमा ती हातले टीका लाए पुग्छ।

जानु छैन कतै अन्त जन्मभूमि छोडी
दिदी अनि बहिनीको साथ पाए पुग्छ।

उदासी भै कल्पनामा हराएको बेला
तिमी आई ऑगनीमा भैली गाए पुग्छ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार