राम बहादुर शाही
हाल धादिङ

मक्तक -१

के भाकाे कर्म गर्नेलाई पाप हुन्छ रे अच्चम
पापिहरुलाई मात्र फलिफाप हुन्छ रे अच्चम
भएकाे यही थियाे वा यस्तै देखियाे
झुटाेले मनकाे मैलाे साफ हुन्छ रे अच्चम

मुक्तक – २

ध्वनिकाे तङ्गलाई कानले सुन्ने गर्छु
हर रात एउटा फरक सपना बुन्ने गर्छु
थरी थरी बाजा एउटै ताल भने जस्तै
सपनालाई एउटै मालामा उन्ने गर्छु

मुक्तक -३

आधुनिकताले पर्बहरु छाडा बनायाे म के गरु
परिस्थितिले घर देखि टाढा बनायाे म के गरु
न छाेड्न सक्छु न त माेड्न सक्छु
हिड्ने बाटाे भरी काडा बनायाे म के गरु

वैद्यनाथ श्रमजीवी
वीरगन्ज

मुक्तक -१
फेरी एकताको मन्त्र जप्दै छन्
फुटको आगोमा घ्यू थप्दै छ्न्
पद पैसामा झिंगा झै भन्किदा
विदेशीले सीमाना हडप्दै छन् !!

मुक्तक -२

देखेको छु तिम्रो गौरवशाली इतिहासको पाना
हेर्दैछु तिम्रो वर्तमानको ठुलो गन्हाइरहेको छाना
हेर्दाहेर्दै समाजवादको सपना आसा सबै भत्किए
दलाल बन्न मनपरायौ बन्न सकेनौ मोतीको दाना !!

मुक्तक -३

लुटेका छन् देश भेष सबैले पालैपालो
छेकेका छन् घाम हुन नदिन उज्यालो
भलाद्मी जस्तो गर्छन् देखावटी नाटक
फटाहाहरुको इतिहास लेखिनेछ कालो !!

सायु सुुसन राई                                                                    सुनसरी

मुक्तक -१

काग देखि भाइ सम्म पुज्ने गरिन्छ यहाँ
भित्राउँदै लक्ष्मीलाई रंगोली भरिन्छ यहाँ
फूलमाला र मिष्ठान भोजन गराउँदै चेली
वर्ष दिनको चाड भन्दै दंगै परिन्छ यहाँ।

मुक्तक -२

बेशीमा धानबाल झुलेको देख्दा
पर्देसमा वाउ माइती भुलेको देख्दा
यो मनमुटु आफै टुक्रेर आउँछ नि
बलेसीमा सायपत्री फूलेको देख्दा।

मुक्तक -३

भित्र मनको जलनले आफै लोलाएछु
कार्यस्थलमै भित्रै म त ~ टोलाएछु
वर्षै ~ पछि भेटेको प्रियसीलाई नि
झुक्किएर बैनी भनेर पो बोलाएछु।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार