मुक्तक -१

हात मागें मैले घात दियौ तिमीले।
जून माग्दा मैलै रात दियो तिमीले।।
अब अरु बढी के मागौं तिमीसॅग
फूल खोजिराथें पात दियौ तिमीले

मुक्तक -२

पृथ्वी गोलो छ भन्छन् जानिफकारहरु।
चेप्टो थियो भन्छन् ईतिहासकारहरु।।
यता टाले उता भ्वाङ्ग उता टाले यता
दुलै दुलो पो रैछ भन्छन् सरकारहरु।।

मुक्तक -३

दृष्य यौटै भए पनि ,दृष्टिमा भयो फरक।
धरातल उस्तै छैन ,सृष्टिमा भयो फरक।।
समानता कतै छैन, दुनियाॅ ने यस्तो भयो
जलबाष्प उस्तै भए ,बृष्टिमा भयो फरक।।

श्रष्टा सृजना चोक पोखराका हुन।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार