मुक्तक -१
आफूले गरेको कहिले भेटाउदैनौ गल्ती तिमी
ढाँट कुरा गरि भन्छौं यस्तै चलन चल्ती तिमी
कसरी पत्याउनु म तिमीले गरेको जाली कुरा
सुको नहुदा भन्छौं पैसाले टन्नछ खल्ती तिमी
मुक्तक -२
भन्छौ सजाउँछु नयनमा आँशु बनि झर्न दिन्न
मेरो सामु काल बनि कोहि आए पनि मर्न दिन्न
मेरो लागी बाँच्नु तिमी तिम्रो लागी म बाँचौंला
जिन्दगीमा सुख दिन्छु पीर चिन्तामा पर्न दिन्न
मुक्तक -३
किन सुन्थ्यौ मेरा कुरा हातमा नोट भए पछि
सुक्दैन आँखामा आँशु मुटमा चोट भए पछि
जति आफ्नो बनाउछु भन्दा कहाँ हुने रहेछ र
दिल उस्को सङलिदैन मनमा खोट भए पछि
श्रष्टा संखुवासभाकी हुन