मुक्तक: १

मिलनमै बिछाेड छ मान्नुपर्छ
जे त हाेला राम्रै हाेला ठान्नुपर्छ
बितेका पलहरू फर्कदैन साथी
समय छ गतिशील जान्नुपर्छ ।

मुक्तक: २
नेपालीकाे पहिचान राखिरन सकूँ
दु:ख झेल्न परेपनि हासिरन सकूँ
चाहिँदैन अष्ट्रेलिया अमेरिका कुनै
छातीभित्र मेरो देश साचिरन सकूँ ।।

मुक्तक: ३

खुँडा भन्दा कर्दहरू लाग्ने बन्दा रैछन्
मिलिजुली कालाे धन मस्त गन्दा रैछन्
सकेसम्म मान्छेलाई जुधाएर आफैँ
भ्रमकाे खेती गर्नेलाई नेता भन्दा रैछन् ।

लेखक श्रष्टा सिरान्चाेक-७,उपल्लो गाेहाेरे,गाेरखाका हुन

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार