कात्तिक १४ बाँके – रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई एक वर्ष पछि प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका-६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई आइतबार बाँके प्रहरीले पक्राउ गरेको हाे। जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका वलीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार