कात्तिक ११ काठमाडौ – साथीको हत्यामा संलग्न फरार अभियुक्त २ वर्ष पछि पक्राउ परेका छन।

घटनाको निरन्तर अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहि फरार रहेका मध्येका मकवानपुर गढी गाउँपालिका वडा नं.-१ फुलबारी घर भएका २४ वर्षिय जय सिँगारलाई बुधबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.-९ च्यासलबाट पक्राउ गरेकाे हाे। आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले बताएको छ।

दुई वर्ष अघि २०७६/०४/२८ गते मृत फेला परेका ललितपुर महानगरपालिका वडा नं.-९ गुहे पोखरीमा उदयपुर कटारी नगरपालिका -२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्ती बनाउने काम गर्ने ३३ वर्षिय हरी खड्कालाई २०७६/०४/२५ गते शनिबार बेलुका मकवानपुर गढी गाउँपालिका -१ घर भई ललितपुर महानगरपालिका-९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहितका व्यक्तिहरुले कुटपिट गरि हत्या गरि फरार भएको घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई विभिन्न समयमा महानगरीय अपराध महाशाखाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार