कात्तिक १० सल्यान – गत ८ गते सल्यान कपुरकोट गाउँपालिका-१ कालापातल जङ्गलमा व्यापारीकाे गाडी ताेडफाेड गरि नगद रकम लुटने एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेकाे छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको चुस्ता लगाइ गाडी रोकि नेपालगन्जबाट तरकारी किन्न आएका व्यापारी सेराज हलुवाइको साथबाट नगद रु ३ लाख लुटपाट गरि फरार भएका मध्ये रोल्पा सुनछहारी गाउँपालिका वार्ड न ७ घर बताउने ३० वर्षिय तिलक बि. क लाई इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलिले बिकलाई रोल्पा रुन्टिगढी गाउँपालिका. ८ गर्पा खोलाबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

पक्राउ परेका बिकलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको साथै लुटपाटमा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार