कात्तिक ३ काठमाडौ – राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन।

पक्राउ पर्नेमा झापा सुरुङ्गा कनकाई नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ७ चावहिल बस्ने अन्दाजी ३५ वर्षिय निलम भट्टराई रहेका छन।

भट्टराईले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बस्ने ३० वर्षिय दुर्गा पौडेल न्यौपानेलाई आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ त्यसको लागी रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) रकम लाग्छ भनी प्रलोभनमा पारी विश्वासदिलाई भट्टराईले पटकपटक गरी रु. १४,५०,०००/- ( अक्षेरुपी चौध लाख पचास हजार रुपैयाँ ) रकम लिईसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौँ बोलाए पश्चात काठमाडौँ आएर सम्पर्क गर्दा भट्टराई सम्पर्क विहिन भएकाे पिडितले बताएका छन।

पीडितलेआफु ठगिएको थाहा पाई महानगरीय अपराध महाशाखामा पेश गरेको जाहेरी दरखास्त अनुसार जिल्ला अदालबाट पक्राउ अनुमती लिई खोजतलास गर्ने क्रममा भट्टराई सुर्खेतमा लुकिछिपी बसेको भन्ने सुचनाको आधारमा मङगलबार सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेत बसपार्क बाट पक्राउ गरी काठमाडौ ल्याइएको महाशाखाले बताएको छ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार