पहिलाे डाली
१•
सपनीमा आई सताउँछ्यौ किन
छामछुम गर्दै खोज्छु ब्युँझेर रातमै
ब्युँझेसँगै कतै हराउँछ्यौ किन
२•
नौजाले माया रहिछ्यौ तिमी
छिनमै देखिने छिनमै अलप हुने
नसोचे जस्ती भइछ्यौ तिमी

तीजको लहर आयो बरिलै
पोहोर परार जस्तै उमङ्ग त छैन
तै पनि मनमा छायो बरिलै
४•
दूरी टाढा छैन मनले चाह्यौ भने
खालि मनमा इच्छा जगाउन सक्नुपर्छ
यो मन रमाउला तिमी आयौ भने
५•
अगुवा नै हगुवा भएपछि
कसको विश्वास गर्न सकिन्छ र अब
सर्वेसर्वा हरुवा भएपछि

दाेस्राे डाली
१•🌹
सागरसरि छ हाम्रो मन
आकाशको भर पृथ्वी भएजस्तै
कहिल्यै नहोस् दाम्रो मन
२•🌹
भ्यागुताले धार्नी पुग्दैन क्यारे
आकाश चुम्ने फिस्टेको रहर भए झैँ
भँगेराले डाली नुग्दैन क्यारे
३•🌹
सपनाका ती महलहरू
चैते हुरी बनी उडाउने त होइन
उदेश्य बोकेका पहलहरु
४•🌹
इन्द्रेणीका यी सातै रङ्गमा
सजाउने छु हे प्रिया तिमीलाई
मेरा हरेक अङ्ग अङ्गमा
५•🌹
धोबीको कुत्तासरि यो जीवन
पलपल तड्पेर अनेकौं बेदना सही
बिताऊँ कसोगरी यो जीवन

तेस्रो डाली
१•
तीजको लहर आयो बरीलै
पोहोर परार जस्तै गरेर यो पाली
गाॅउ अनि बेसी छायो बरीलै
२•
महिला वर्गमा धेरै बरीलै
आउन त ऑउछ यो तीज सबैलाई
सबैले ठान्दछन् मेरै बरीलै
३•
यो पाली झरीले मार्यो बरीलै
घर घर बाढी अनि पहिरो पसेर
अति नै बिचल्ली पार्यो बरीलै
४•
गाह्रो छ माइत जान बरीलै
सताएछ चारैतिर भदौरे झरीले
मन छैन दर खान बरीलै
५•
शिवजीको ब्रत बसी बरीलै
कर्म भन्दा धर्मलाई महान सम्झेर
पटुकीले पेट कसी बरीलै

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार