भदौ १९ काठमाडौ – अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा आएको शक्तिशाली इडा नामक आँधीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।

उत्तर पूर्वी अमेरिकी राज्यहरुमा अहिलेसम्मकै ठूलो वर्षाका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने सडक र बस्ती जलमग्न भएका छन्। न्यूजर्सीका गभर्नर फिल मर्फीका अनुसार न्यूजर्सीमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ।

मृत्यु हुने नेपालीमा परिवार साेलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका जुनवेशी घर भई न्युयोर्कमा बस्दै आएका आङ गेलु शेर्पा उनकी श्रीमती मिङ्मा यङजी लामा शेर्पा र उनका १९ महिने छाेरा लाेप्साङ शेर्पा रहेका छन। पेन्सिलभेनियाको सबैभन्दा ठूलो शहर फिलाडेल्फियामा ३ र कन्नेक्टिकटमा एक जनाले ज्यान गुमाएका छन्। आँधीसँगै भइरहेको भीषण वर्षाका कारण न्यूजर्सीका सबै २१ वटै काउन्टीमा आपतकाल घोषणा गरिएको छ। मौसम विभागले बाढीबाट हुने क्षति अझै बढ्न सक्ने चेतावनी दिएको छ।

त्यहा रहेका नेपालीहरुकाे अवस्था बारे गैर आवसीय नेपाली संघले विभिन्न निकायहरु संग सहकार्य गरि सबै विवरण संकलन गरिरहेकाे बताएको छ।

जनसहारा अनलाइन संग फाेन सम्पर्क मार्फत कुरा गर्दै गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले भन्नुभयो;`म अहिले नेपालमै छु तर उता रहनु भएका कार्यसमिति सदस्यहरुले मृतकको शव व्यवस्थापन र अन्तिम संस्कारका लागि आवश्यक सहयोगका सम्बन्धमा न्यु योर्क च्याप्टरका सभापति आङ छिरिङ शेर्पा लगाएतकाे टिम मृतकका आफन्तहरूसँग परामर्श गरिरहनु भएको छ।´`मृतकको परिवारलाई सहयोगकाे लागि संघ तयार छ।´

त्यसैगरी आँधी तथा डुबान भएको क्षेत्रमा नेपाली विद्यार्थी धेरै बस्ने भएकाे हुदा नेपाली विद्यार्थीहरुलाई निकै अप्ठ्यारो परेकाे हुन सक्ने भन्दै उनीहरुलाई सम्पर्कमा जाेडने पनि प्रयास भइरहेको छ। अहिलेसम्म मृतक शेर्पा परिवार बाहेक अरु नेपालीहरुलाई केही भएकाे त्यस्तो जानकारी नआएको र कहि उद्दार तथा राहतकाेे लागि जानकारी आएका संघले टिम तयारी अवस्थामा राेखेकाे समेत अध्यक्ष सुवेदीले बताउनुभयो।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार